कलाकार फुर्बा दोर्जे मोक्तानद्धारा बिस्णु माया लो बैनीको सम्पूर्ण पढाइ खर्च संगै नगद रु १०,००० सहयोग !!!


आमा बुबा दुवै क्यान्सर पिडित विष्णुमाया लो तामाङको परिवारलाई उपचारको लागि संसार भरका नेपालीहरुले यतिखेर सहयोग गरिरहेका छन । सामाजीक संजालमा सहयोगकको अपील स्वरुपको सानो भिडियो मार्फत सहयोग प्राप्त भएको हो र बिष्णुमायाकी आमा मनमाया लो को फेब्रुअरी ६ मा क्यान्सरको कारण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बुबा वीर बहादुर लोको पनि क्यान्सरको उपचार भईरहेको छ। । नेपाल तामाङ कलाकार संघ मलेसियाका निवर्तमान अध्यक्ष, कलाकार तथा समाजसेवी श्री फुर्बा दोर्जे मोक्तान तामाङलो बिस्णु माया लो को सम्पूर्ण पढाइ खर्च उपलब्ध गर्ने बाचा गर्नु भएका छ। मलेसियालाई कार्यक्षेत्र बनाई ब्यबसाय तथा कलाकारितामा सक्रिय तामाङले बिष्णु मायालाई भेटेर नगद रु १०,००० तत्कालै सहयोग गर्दै यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

कमलामाई नगरपालिका ४ चुनेटार सिन्धुली घर भएका उक्त परिवारले काठमाडौको कपनमा किराना पसल गरेर परिवार चलाउदै आएको थियो । हाल क्यान्सरको कारणले बुबा थला परेको र आमाको मृत्यु भएपछि बिष्णुमायालाई आर्थिक अभाव परेकोले आफुले बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्यहोर्ने बांचा गरेको यसै हाम्रो नेपाल तामाङ कलाकार संघ मलेसियाका निवर्तमान अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङले बाचा गर्नु भएका हुन । १७ बर्षे बिष्णु माया अहिले बज्र इन्टरनेस्नल कलेज जोरपाटीमा कक्षा ११ मा अध्यानरत छिन ।

Comments

comments