सिन्धुपाल्चोकमा देखा पर्यो कोरोना भाइरस

 सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस ८ नम्बर वस्तीमा कोरोनाको लक्षणसँग मिल्ने लक्षण भएका विरामीको संख्या धेरै रहेको पाइएको छ । रुघाखोकि र अत्यधिक ज्वरोले गाउँले विरामी भएपछि विरामी चेकजाँचका क्रममा यस्तो देखा परेको हो ।
माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेकोमा आजसम्म विरामीको संख्या ८४ जना पुगेको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।
कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले बताए ।
जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मि, औषधिहरु र माक्स खरीद गरी पठाईसकेको चापागाईले जानकारी दिए । ‘कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोनानै हो भन्ने आधार छैन ।’ उनले भने, ‘विरामि परेका ८४ जनाको अवस्था सामान्य रहेको छ ।’
संक्रमण देखिएकाहरुलाई अरु ब्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले आफुहरु विषय विज्ञसँग नियमित संवादमा रहेको बताएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोलि पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको थियोे

Comments

comments