फरार भनिएका तपस्वी राम बहादुर बम्जन सिन्धुलीमै।

सर्मिला श्रेष्ठ  काठमाडौ तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी बम्जन फरार रहेको भनी गलत प्रचार भएको संघले जनाएको छ । तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बालयौन दर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले तपस्वी’ रामबहादुर बम्जन आदेश दिएको थियो । सोहीअनुसार बम्जनलाई पक्राउ गर्न गत माघ २४ गतेप्रहरी रित्ताे हात फर्केकाे टोलीले सिन्धुलीस्थित उनको आश्रममा प्रवेश गरेकाे थियाे । तर बम्जन नभेटिएकाे भन्दै प्रहरी रित्ताे हात फर्केकाे थियाे । तर संघले भने प्रहरीले आश्रममा तोडफोड गरेको आरोप लगाउनुका साथै शान्त तथा शालीन मैत्रीय वातावरणमा धार्मिक स्थलमा छापा मारेको भन्दै संघले दुःख व्यक्त गरेको छ । प्रहरीले कानुनको धज्जी उडाई न्युनतम क्षेत्राधिकारको वास्ता नगरी धार्मिक स्थलमा यस प्रकारको ज्यादतीले आफूहरुलाई गम्भीर बनाएको संघकाे भनाइ छ । यदि आफूहरुले कानुनविपरीत कुनै कार्य गरेको भए सजाय भोग्न तयार रहेको जनाएको छ । एउटा तपस्वीमाथि असत्य कुराको भ्रामक प्रचार गरिएको बोधी श्रवण धर्म संघ केन्द्रीय अध्यक्ष नील बहादुर थिङ्गले बताए । ‘गुरुमाथि लागेको आरोप केही सत्य होलान् तर धेरै कुरा गलत छन्,’ उनले भने, ‘गत सालमै फरार भनिएको २ दिनमै सिन्धुली आश्रममा आएर अनुयायी र आनीहरुलगायत सबैको दर्शन दिनुभएको छ, त्यसैले फरार भनिएको कुरा गलत हो ।’ बम्जन भगवानको अवतार रहेको भन्दै अदालत तथा प्रहरीमा समय आएपछि आफैँ गएर जवाफ दिन जाने थिङ्गले बताए । आफ्ना गुरु बम्जन काहाँ र कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको र आफ्नो कर्तव्यभन्दा माथि जान नमिल्ने बम्जनका मुख्य सहयोगी तोप्चेन गुरुमार्गका नामले चिनिने ज्ञानबहादुर बम्जनले बताए । ‘हाम्राे उद्देश्य मानव जातिको उद्धार, सबै प्राणीको कल्याण, हित, संरक्षण र सुख-शान्तिको लागि मात्र भएको कारण गुरुमाथि लागेको आरोप बिल्कुलै असत्य रहेको छ’ उनले भने । आफूहरुको नजरमा बम्जन सधैँ सत्य रहेकाे र उनकै शिक्षा, निर्देशन एवं वचन कल्याणकारी रहेको बताउँदै कहिल्यै असत्य बाटोमा लाग्न नसक्ने बम्जनका मुख्य सहयोगी तोप्चेनले बताए । ‘लिटल बुद्ध’का नामले चिनिएका तपस्वी रामबहादुर बम्जनमाथि १८ वर्षीया आनीलाई बलात्कार गरेको आरोप लागेकाे छ । उनीमाथि बालयौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ आदेश दिएकाे थियाे । साे लगत्तै गत माघ २४ गते पक्राउका लागि बम्जन आश्रम सिन्धुलीमा प्रहरीले छापा मारेका थि

Comments

comments