गायक तथा संगीतकार विशाल काल्तानको Valentine Day Gift “कोही मात्यो” !!!


ज्ञान लामा,धुलिखेल
तामाङ साङ्गीतक आकाशका एक बादशाहा हुन विशाल काल्तान तामाङ, उनै भर्सटायल गायक तथा संगीतकारका निकैनै धमाकेदार तामाङ सेलो गीत कोही मात्यो वोलको गीतको म्युजीक भिडियो प्रणय दिवस अर्थात भ्यालेन्टाईन डेको उपहार स्वरुप फगुन २ गते सार्वजनीक गरिने भएको छ । गीतको प्रोमोे सार्वजनीक गर्नुहुँदै काल्तानले अरु गीतहरु भन्दा यस गीतमा अलि वढि आशा रहेको वताउनु भएको छ ।

गीतमा वरिष्ठ गीतकार कुमार स्याङ्बाको शब्द, गायक तथा संगीतकार विशाल काल्तानको संगीत तथा विशाल काल्तान आफ्नै सोलो आवाज रहेको छ । चाँद सिंकाृ एरेन्ज तथा दिपेश प्रधानको मिक्सिङ रहेको यस गित जेनेरिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजीक भिडियोको सम्पुर्ण कार्यहरु सम्पन्न भई सकेको छ र भिडियोमा मिलन थिङ पाराङ तामाङ र शुशिला तामाङको मुख्य अभिनय रहेको छ । अघिल्ला गीतहरुमा जस्तै यो गीतले दर्शकको माया कतिको पाउने हो त्यो भने हेर्न बाँकी रहेको छ श्रोता दर्शकका अत्याधिक माया रहोस यस गीतलाई हाम्रो अग्रीम शुभकामना ।
गीतको प्रोमोसन भिडियो फोटो पत्रकार विकाश देब योन्जनले तयार पार्नु भएको छ ।
भिडियो हेर्नुहोस;

https://www.youtube.com/watch?v=vH3qXU4fAcQ

Comments

comments