फागुन १७ गते राष्ट्रिय नाचघरमा “ख्लासी आनिउ” विशेष प्रर्दशन हुँदै !!!


ज्ञान लामा, धुलिखेल
रोशी डिजिटल प्रा.लि.को प्रस्तुतीमा तामाङ फाउण्डेशन नेपालका अध्यक्ष अरुण घिसिङको निर्देशनमा बनेको तामाङ कथानक चलचित्र ख्लासी आनिउ (छोडी नजाउ)यहि फागुन १७ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्रको यतिखेर धमाधम डविङ देखि प्रर्दकनको लागी तयारी तिव्र गतिमा भईरहेको छ । चलचित्र सामाजिक सांस्कृतिक एवं पारिवारिक प्रेम कथामा आधारित रहेको र चलचित्रलाई शैलुङ, नेपालथोक, खुर्काट, सिन्धुलीगढी लगायतका रमनीय स्थानमा सुटिङ गरिएको निमार्ण पक्षले जानकारी दिएको छ ।

चलचित्रले दर्शकहरुको अत्याधीक माया पाउन र रुचाउनेमा नायक रितुराज पाख्रीन र निर्देशक अरुण घिसिङ मख्ख देखिएका छन् । चलचित्रको आधिकारीक पोष्टर केहि समय पश्चात सार्वजनीक गरिने निमार्ण पक्षले जनाएको छ । चलचित्रमा ऋतुराज पाख्रीन, सुस्मा मोक्तान , इन्दिरा वाइबा, निस्चल योन्जन, राज लामा पाख्रीन, प्रकाश तामाङ , कुइसाङ रुम्बा, अनिता नेगी, राजु नेगी र बाबुराम तामाङ लगायतका कलाकारहरुलाई प्रमुख भुमिकामा देखिने भएको छ । चलचित्रमा अजय स्याङतानको नृत्य निर्देशन, बिक्रम मोक्तानको छायांकन, राजु तामाङ दोङको द्वन्द्व, नायक ऋतुराज पाख्रीनको कथा तथा अरुण घिसिङको निर्देशन रहेको छ ।

Comments

comments