संगम सेवा समाज दोहा कतार द्वारा चौथो बृहत् बनभोज तथा भेटघाट कार्यक्रम सब्य भब्य रुपमा सम्पन्न


गरिब, निमुखा , पीडित हरुको सहयोगार्थ संगम सेवा समाज दोहा कतार द्वारा आयोजित चौथो बृहत् बनभोज तथा भेटघाट कार्यक्रम गत शुक्रबारको दिन साहनिया स्थित अल दोसरी पार्कमा नुवाकोट सेवा समाज दोहा कतार का का वा अध्यक्ष रामहरी अधिकारीको प्रमुख आतिथ्यमा सभ्य र भब्य रुपमा सम्पन्न भएको हो। प्रमुख अतिथी साथै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कान्छामान तामाङ बिशेष अतिथि, प्रदेश नम्बर ३ समन्वय परिषद कतार का अध्यक्ष समीर क्षेत्री, नेताघे, प्रवास कार्यसमिति कतारका का.वा. अध्यक्ष तारा थिङ, नेपाल मगर संघ, शाखा कतार का अध्यक्ष बिजय कुमार मगर, सिन्धुली सेवा समाज कतारका सचिव नरेश सिन्जाली मगर, लि:ल फङ घले सेवा समाज का अध्यक्ष आयुश घले, नुवाकोट सेवा समाज कतारका संरक्षक प्रकाश बोहरा,नेताघे, प्रवास कार्यसमिति कतारका प्र।सल्लाहकार, बिनेश तामाङ, बि। सल्लाहकार इन्द्र ब। तामाङ, संस्थाका प्र।तथा बिशेष सल्लाहकारहरु लगाएतले संयुक्त रूपमा दिप प्रज्वलन गरी, ब्यानर अनावरण साथै नेपाली राष्ट्रिय गान वाचन संगै संयुक्त रुपमा कार्यक्रम समुउद्घाटन गरिएको थियो।

विशेष अतिथि सर्लाही सेवा समाज कतार का प्रतिनिधि पदम ब। तामाङ, समाजसेवी सालिम खान,अन्य संघ संस्थाहरु बाट आमन्त्रित अतिथि हरु, स्थानीय कलाकारहरु, मिडियाकर्मी, प्राविधिक सहयोगी लाई समेत आसन ग्रहण गराएका थिए। डिबि तामाङ ले सञ्चालन गरेको उक्त कार्यक्रममा व्यबस्थापक वाङ्ज्यु लामाले स्वागत मन्तव्य द्वारा अतिथीहरुलाई स्वागत गर्दै औपचारिकता दिएको थियो। त्येसपछी साँस्कृतिक कार्यक्रममा भने सबिता गोले र सुरेन तामाङले कार्यक्रम सञ्चाल गरेको थिए। कार्यक्रम मा झन्डै ३०० को हाराहारीमा उल्लेखनीय जनमासको उपस्तिथि रहेको थियो।

Comments

comments