नायीका रोश्नी ब्लोनको सहकार्यमा ४५ घर परिवारलाई सिरक वितरण !!!


ज्ञान लामा, धुलिखेल
तामाङ चलचित्र जगतकी चर्चित नायीका रोश्नी ब्लोन यतिखेर सामाजीक कार्यमा सक्रिय हुनुभएको छ । पछिल्लो केहिदिन अगाडी उहाँ आफ्नै फेसवबुकमा लाईभ भिडियो मार्फत सो कुराको जानकारी दिनु भएको छ, भने उहाँले आफ्नो फेसबुकमा लिनु भएको हजुर आमा संगको अन्तरवार्ताको यतिखेर चारै तर्फ प्रशंसा भएको छ । उहाँ यो समयमा वारा जिल्लामा हुनुहुन्छ । नायीका ब्लोनको सहकार्यमा बारा जिल्ला निजगड नगरपालीकाको १ नम्वर वडा सिंगौलमा ४५ विपन्न घरपरिवारलाई जाडो समयमा सिरक वितरण गएिको छ । नायीका ब्लोन पछिल्लो समयमा सामाजीक कार्यमा पनि सक्रीय रुपमा लागी परिरहनु भएको छ । चलचित्र संगै सामाजीक कार्यमा पनि उहाँले आफुले सक्ने सहयोग गर्दै आउनु भएको छ ।

नायीका रोश्नी ब्लोन संगै उहाँलाई सहयोग दिनुहुने सहयोगी संस्थाहरुमा मलेसियाबाट Agensi Pekerjaan Man Sdn.Bhd का Director, Wilson Ng, Managing Director Simon Ng,  M 99 travel Sdn.Bhdका Managing Director Simon Ng, Director, Wilson Ng, Director, Mah Tsua Gee, सगै नेपाल बाट Times Of Khabar र नोर्साङकार्पेट उद्योगका साम्देन डोल्माको र्आथीक सहयोगमा यो कार्य सम्पन्न गरिएको हो । विशेष गरि तराई क्षेत्रमा जाडोले गर्दा धेरै समस्या आउने हुँदा नायकिा ब्लोनले सोही क्षेत्रलाइृ छानेर त्येहाँका विपन्न परिवारको लागी उक्त कार्यको आयोजना गर्नु भएको हो । विशेष गरि असहाय, अपाङ्ग परिवारका वृद्धवृद्धहरुलाई उहाँले उक्त राहात वितरण गर्नु भएको हो ।


Comments

comments