महिला भलिबलमा नेपालले एतिहासिक जित हासिल

भलिबलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको छ।

ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई३—० को सोझो सेटमा पराजित गरेको छ । नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय उपाधि हात पारेको यो पहिलो पटक हो। प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाईनलमा पुगेको हो।

नेपाली महिला टोलीले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । त्यस प्रतियोगितामा काश्य जितेको थियो नेपालले दक्षिण एसियाली खेलकुदमा ३ काश्य जितिसकेको छ ।

Comments

comments